नवलपरासी।पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-१२ स्थित कजारिया टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरकाे मृत्यु भएकाे छ। गएराती उद्योगमा काम गर्ने क्रम्मा बर्दघाट–१३धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ ६६ ग्राम पाेष्ट निवासी ३० वर्षीय विनोद कुमार उद्योग भित्र मृत अवस्थामा फेला परेका छन।
उद्योगमा मृत्यु भएकाे खबर पाएपछि घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।
मृतकका आफन्त लगायतले घटना शङ्कास्पद रहेको भन्दै उद्योग परिसरमा प्रदर्शन गरेका थिए।बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जाडाेकाे समय उद्योगमा काम गर्ने क्रम्मा दुइ जनाकाे मृत्यु भएकाे हाे।
उनले भने, “मृत्तक परिवारकाे माग अनुसार उद्योग व्यवसायीले क्षतिपुर्ती दिन नमानेपछि सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख अनुपम श्रेष्ठलाइ बाेलाएर कजरिया उद्योग सिल गरिएकाे छ।
उद्योग व्यवसायीले मृत्तक परिवारकाे माग अनुसार क्षतिपुर्ती नदिए सम्म उद्योग बन्द रहने नगर प्रमुख श्रेष्ठकाे भनाइ छ।
शव पाेष्टमार्टका लागि लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएकाे सहायक प्रमुख जिल्ला अधिकारी पाेषन राज भण्डारीले जानकारी दिए।