नवलपरासी।पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका-३ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकाे जग्गा भाडामा छ ।
विद्यालयकाे जग्गाकाे भाडामाकाे कागजात,हिसाब,किताब,बरबुझारथ नगरी विद्यालयका पुर्व प्रधानाध्यापक रविन्द्र शर्मा र विद्यालय व्यवस्थापन समितीले राखेछ सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुन्दर चाैधरी(कुर्मी)ले बताए।
उनले भने, “असाेज १ गते देखि सिद्धार्थ माध्यमिकमा प्रधानाध्यापकाे जिमेवारी दिएपछि विद्यालयका जग्गा सम्बन्धि काजजात तथा हिसाब किताब बरबुझारथ नगरेर पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितीले नै आफु संग राखेकाे छ।
विद्यालयकाे जग्गाकाे भाडा सम्बन्धि समाचार आएपछि विद्यालय व्यवस्थापन समिती,स्थानीयतहका जनप्रतिनिधि तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले विद्यालयकाे जग्गा तथा भाडाकाे विषयमा साेधनु हुन्छ विश्वास गरेका तर उनी पनि माैन छन प्रधानाध्यापक कुर्मीले भने।विद्यालयकाे जग्गाकाे भाडा सम्बन्धि समाचार पढेर अनुसन्धानका एक जना कर्मचारीले साेधपुछ गरेका थिए।
उनले भने, “५६०,२५,६१,२१९,४८६,५००,५०१,५०७,५७१,४६४,११४,१०५,१३६,२२४,४३८,४०६,४३९,४३६,५११,५७२,५७६,८०,८३,८५,७७१ र ७७३ नम्बर कित्ता गरी १५ विघा भन्दा बढी विद्यालयकाे नाम्मा दर्ता छ।विद्यालय व्यवस्थापन समितीले विद्यालय हेरचाह,संरक्षण,विद्यालयमा आवश्यक पर्ने समाग्री व्यवस्थापन गर्ने र शिक्षककाे उपस्थिती निगरानी गर्ने हाे ।
पाल्हीनन्दन गाउँपालिका लागि प्रमुख प्रशासकिय अधिकृत आउन नमानेपछि मन्त्रालयले शिक्षा अधिकृत दिनेश कुमार गाैंड(कहाँर)लाइ प्रमुख प्रशासकीय अधिकृत भनेर पठाएपछि। शिक्षा क्षेत्रबाट स्थानीयतह (गाउँपालिका)का प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मा पाएपछि प्रशासन भन्दा शिक्षामा ध्यान दिनु हुन्छ र सुधार पनि गर्नु हुन्छ विश्वास थियाे तर परिवर्तन केही देखिएन विद्यार्थीका अभिभावकहरूले भन्छन।
पाल्हीनन्दन गाउँपालिका भित्र रहेका सरकारी विद्यालयकाे अवस्था बिग्रिदै गइरहेछ पाल्हीनन्दन-५का वडाध्यक्ष दयाशंकर त्रिपाठी बताए।उनले भने, “राजनारायण माध्यमिकका विद्यार्थीहरूले शिक्षाकाे विषयमा विद्यालयमा ताला लगाएका थिए।
विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष सुरेश गुप्ताले विद्यालयका जग्गा सम्बन्धि काजगात तथा हिसाब किताब विद्यालय पुर्व प्रधानाध्यापक रविन्द्र शर्माले राखे छन।विद्यालय पुर्व प्रधानाध्यापक रविन्द्र शर्मा अहिले पाल्हीनन्दन-५स्थित राजनारायण माध्यमिकमा कार्यरत छन।प्रधानाध्यापक रविन्द्र शर्मालाइ फाेन गर्दा सम्पर्कमा आउनु भएन।
पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गाैंड(कहाँर)ले सिद्धार्थ माध्यमिक विद्यालयकाे जग्गाकाे भाडा तथा आम्दनीकाे विषयमा आफुलाइ केही थाहा छैन।
सिद्धार्थ माध्यमिकमा प्रधानाध्यापक रहिरहँदा सम्म विद्यालयकाे कागजात हिसाब किताब सुरक्षित साथ राख्नु राम्राे कुरा हाे तर राजनारायण माध्यमिक विद्यालयमा सरूवा भएर जाँदा विद्यालय संग सम्बन्धित कागजात हिसाब किताब सिद्धार्थ माध्यमिकमा प्रधानाध्यापकलाइ बरबुझारथ नगरी विद्यालय व्यवस्थापक समितीकाे मिलेमताेमा कागजात लुकाएर राख्नु भनेकाे हिसाब किताबमा अनियमित्ता गरेकाे शंका लागिरहेकाे छ।