नवलपरासी।मधेशका विषय वस्तु समेटेर तयार पारिएको पुस्तक ‘परासीमा पुस्तक बिमाेचन भएकाे छ।
पुर्व मन्त्री हृदेश त्रिपाठीले मधेश मानवशास्त्र नामक पुस्तक विमोचन गरेका छन्।गैरदलितहरू दलितहरू माथि जातिय विभेद तथा छुवाछुत गरे जस्तै मधेशीहरू माथि सरकारले जातिय विभेद गरिरहेछ त्रिपाठीले धारणा व्यक्त गरे।”
उनले भने, “दलित समुदायले गैरदलितकाे घरमा मजदुरी गर्ने क्रम्मा बजारबाट विभिन्न प्रकारका खाने समान खरीद गरेर ल्याइ दिन्छन,मेसिनमा धान कुटाएर चामल ल्याइ दिन्छन,मेसिनबाट गँहुकाे आँटा बनाएर ल्याइ दिन्छन,गाइ,भैंसीकाे दुध समेत दुहिने काम दलितले गर्दिन्छन, “त्यहाँ सम्म छुवाछुत हुँदैन, “जब चुलाेमा आगाे लगाउने बेला वा दलितले पकाएकाे खाना खाने बेला आँउँछ, “त्यति बेला छुवाछुत हुन्छ, “त्यस्तै सरकारले पनि मधेशीलाइ विभेद गरिरहेकाे बताए।”
माओवादी गैर राजनितिमा परिवर्तन हुन थाल्याे त्यति बेला माओवादीकाे उग्रता,हिँसाकाे,घमण्ड थियाे, “त्यही घमण्ड माओवादी विनाश गर्याे, “त्यस्तै केपी शर्मा ओलीकाे कुशासन र घमण्डल र शेरबहादुर देउवाकाे लाेभ विनाश गर्याे,दुइ तिहाइकाे सरकार सक्याे, न आफु बच्याे न संसद बचाउन सक्याे यति बेला देश अन्याैलमा रहेकाे त्रिपाठीकाे भनाइ छ।”
एउटा मात्र उपाय छ, “ससंद चुनाव,पुनर्स्थापन वा कुनै तानाशाही व्यस्था आधुनिक संसारमा बाजा बजाएर आउँदैन त्याे पनि निर्वाचनकै माध्यमबाट आउँछ निर्वाचनबाटै हिटलर बिजयी भएकाे पुर्व मन्त्री त्रिपाठीले उदाहरण दिए, “कांग्रेस र एमालेलाइ प्राश्चित गर्न आग्रह गर्दै सबै मिलेर निर्वाचन गराउन आवश्यक रहेकाे बताए।”
स्वार्थकाे लागि मधेश आयाेग सरकारले बनाएछ, “कहिले पनि मधेशआयाेगले मधेशकाे अनुसन्धान गर्दैन सरकारकाे गुणगान गाउँछ नागिरक समाज नवलपरासीका अध्यक्ष बेचु गाैंडले भने।उनले भने, “मधेश र मधेशी जनता प्रति राज्य प्रणालीकाे बैमनीस्ता रहेकाे छ।
त्यस्तै ‘मधेसको मानवशास्त्र’नामक पुस्तकाका लेखक भोला बानियाले मधेशका विभिन्न कुराहरू समेटेर किताब लेखेकाे सुनाएका छन।
mazzimaawaz
mazzimaawaz
mazzimaawaz