परासी ९ भदाैं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा प्रकाशित आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाअनुसार रामग्राम नगरपालिका साताैं भएको छ।
मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको नतिजाअनुसार रामग्राम नगरपालिकाले गुणस्तर परीक्षणपछि ७२.५० प्रतिशत अंक ल्याएर जिल्लाका ७ वटा स्थानीय तहमध्ये सब भन्दा कम लयाएकाे छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रकाशित नतिजाअनुसार रामग्राम नगरपालिका सबै भन्दा कम अंक प्राप्त गरेछ भने पाल्हीनन्दन गाउँपालिकाकाे विवरण नै उल्लेख छैन।मन्त्रालयले प्रकाशित गरेकाे सुचनामा बर्दघाट सुस्ता पश्चिम नवलपरासीकाे सात वटा स्थानीयतह मध्ये सब भन्दा बढी सुस्ता गाउँपालिलका ८७.२५ प्रतिशत अंक प्राप्त गरेकाे छ।
यस्तै प्रतापपुर गाउँपालिका ८५.२५ ल्याएछ।सरावल गाउँपालिका ८१.५० ल्याएछ।सुनवल नगरपालिका ८१.०० ल्याएछ।बर्दघाट नगरपालिका ७९.२५ ल्याएछ।