परासी। मुस्लिम समुदायको धार्मिक स्थल मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ,कुरान र मजिद जलाईएको घटनालाई मुस्लिम संघ संगठनहरुले चर्को बिरोध गरेका छन।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भाडन खोज्ने यस्तो निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै दोषीहरुलाई नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कार्वाहीका लागि सरकार संग जोडदार माग गरेका छन।
शनिबार धनुषा जिल्लाको सखुवाको एक मस्जिदमा एक अराजक समुहले अनाधिकृत रुपमा मस्जिदमा प्रवेश गरी तोडफोड तथा इस्लाम धर्मका पवित्र धर्म ग्रन्थ कुरआन मजिद सहित विभिन्न पवित्र किताबहरु जलाएपछी स्थानीय र राष्टिय स्तरमा चर्को बिरोध गरेका छन।
उक्त घटनाको घोर भत्सर्ना गर्दै ओल्मा फाउन्डेसन नेपालले प्रेस बिज्ञपति जारी गर्दै घटनाको निष्पक्ष र उच्चस्तरीय छान बिन गरी दोषीहरुलाई तत्काल कानुनी कार्वाही गर्न माग गरेको छ।
फाउन्डेसनका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसैनले प्रेस बिज्ञप्तीमा घटना अत्यन्तै गम्भीर, अमानवीय र निन्दनीय रहेको उल्लेख गरिएको छ।
मस्जिदमा आगजनी गर्नु, पवित्र कुरआन जलाउनु तथा मुस्लिम समुदायका निर्दोष नागरिकका घरहरू लुटपाट तथा तोडफोड गर्नु धार्मिक सहिष्णुतामा समाजिक सद्भावन बिथोल्ने प्रयास भइरहेकाे तथा नेपालको संविधान(कानून) विपरीत गरेकाे फाउन्डेसनले दावी गरेछ।
यो घटना कुनै साधारण आपराधिक क्रियाकलाप नभई योजनाबद्ध साम्प्रदायिक अपराध हो,जसले देशको शान्ति, सहअस्तित्व र राष्ट्रिय एकतामा गम्भीर असर पार्छ भने नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक,समानताको सिद्धान्त तथा मानव अधिकारको उल्लङ्घन समेत रहेको बिज्ञप्तीमा उल्लेख छ।
यस्तो निन्दनीय घटनाको देशभर सामाजिक सन्जाल, प्रेस बिज्ञपति मार्फत बिरोध भैरहेको छ भने धनुषामा स्थानीय मुस्लिमहरुले बिरोध प्रदर्शन समेत गरिरहेका छ्न।यस्ता घटनाहरु फेरी नदोहोरिन,घटनामा सन्लग्न दोषीलाई काडा कारवाही हाेस देश धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव सहित शान्ति कायम गराउन उनीहरुले सरकार संग माग गरेकाे स्थानीयले बताएका छन।
देशमा धार्मिक सहिष्णुता कायम गर्न सबै धर्मको सम्मान सहित देशमा अमन चयन र शान्ती कायममा सम्पूर्ण नागरिक,नागरिक समाज,मानव अधिकारकर्मी तथा सञ्चार माध्यमहरू यस घटना विरुद्ध एक जुट भई आवाज उठाइ दिन मुस्लिम संघ संगठनले आग्रह समेत गरेका छन।