नवलपरासी।शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँको सरावल गाउँपालिका–७ ले ५ सय ५० जनालाइ न्यानो कम्बल वितरण गरेको छ ।
वडाअध्यक्ष हेयात खाँ धुनियाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, विधवा महिला, बालबालिका तथा अति विपन्न परिवारलाई लक्षित गरी पाँच सय ५० जनालाई कम्बल वितरण गरिएको बताए।
कम्बल वितरण कार्यक्रममा नागरिकका समस्या सुन्ने र समाधान गर्ने आफुहरुको जिम्मेवारी रहेकोले अत्यधिक चिसो बढेपछि छ लाख रूपैया बराबरका विपन्न नागरिकलाई लक्षित गरी कम्बल वितरण गरिएको उहाँले जानकारी दिए।
उनले भने, “गत वर्ष पनि वडाध्यक्ष खाँले ५ सय ३५ जनालाई पाँच लाख पचास हजार रुपैयाँ बराबरको न्यानो कम्बल वितरण गरिएको छ।
यहाँ कम्बल पाएपछि लक्षित व्यक्तिहरूले खुसी व्यक्त गर्दै वडाध्यक्ष सहित वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनका अनुसार हेयात खाँ धुनियाँले गत वर्ष पनि कम्बल वितरण गर्नु भएको थियो ।