नवलपरासी।शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँका नेपाल रेडक्रस साेसाइटीले पचासी जनालाई न्यानो कम्बल वितरण गरेको छ ।
रेडक्रस साेसाइटी (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीले गरीब,असत,विपन्न, गरीब ,गर्भावती, महिलालाई लक्षित गरी पचीस जनालाई कम्बल वितरण गरिएको रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले बताए।
अत्यधिक चिसो बढेपछि विपन्न,असत, नागरिकलाई कम्बल वितरण गरिएको हाे।
आज यहाँ कम्बल पाएपछि लक्षित व्यक्तिहरूले खुसी व्यक्त गर्दै वडाध्यक्षसहित वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन्।
पाल्हीनन्दन गाउँपालिका-५का वडाध्य दयाशंकर त्रिपाठी, जिल्ला सदस्य एवम् विपत व्यवस्थापन संयाेजक अर्जुन क्षेत्री लगायत उपस्थित थिए।