उद्योग निर्माण गर्ने क्रम्मा ट्रष्ट भत्किदा १० जना घाईते

0
108

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया स्थित रमेश टायल उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते भएका छन ।

उद्योग निर्माण गर्ने क्रम्मा ट्रष्ट भत्किदा निम्न स्थान बस्ने तथा काम गर्ने व्यक्तिहरु ट्रष्ट मुनि च्यापिए घाइते भएकाहरुलाई तत्काल उपचारको लागि सहिद स्मृती सामुदायीक अस्पताल चौपत्ता पठाइएको प्रहरीले जनाएको हो ।

बर्दघाट -१२ भटौलिया स्थित कजरिया रमेश टायल उद्योग निर्माण गर्ने क्रम्मा स्टिलहरु समेत खस्दा सोहि स्थानमा काम गर्ने दश जना घाईते छन जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले बताउनु भयो ।

बोहराका अनुसार मेशिनद्वारा उद्योगको पोल जोडने तथा काम गर्ने क्रममा उक्त फलामको पोल अचानक ढल्न गई स्टिलहरु समेत खस्दा च्यापिएर घाईते भएकाहरुलाई तत्काल उपचारको लागि सहिद स्मृती सामुदायीक अस्पताल चौपत्ता पठाइएको, घटना स्थलमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक भिम बहादुर कार्कीको कमाण्डमा प्रहरी टोली गई घटना सम्बन्धमा अनुसन्धान कार्य भईरहेको छ ।

घाइतेहरु:

  • नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया बस्ने वर्ष ३३ को कमलेश हरिजनको गालामा चोट लागेको छ , अवस्था मध्यम छ ।
  • जिल्ला पर्सा बिरगंज उप.म.न.पा. बस्ने वर्ष २१ को अमरेन्द्र प्रसाद शाहको दाहिने खुट्टामा चोट लागेको छ, अवस्था सामान्य छ ।
  • जिल्ला रौतहट भुतहवा बिजयपुर न.पा. १ बस्ने वर्ष २२ को राजेश कुमार रजकको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ, अवस्था मध्यम छ ।
  • देश भारत जिल्ला मुजफरनगर छपहार बस्ने वर्ष १९ को मोहम्मद सहिकको बाया हात र बाया खुट्टामा चोट लागेको छ, अवस्था मध्यम छ ।
  • देश भारत रक्सौल बस्ने वर्ष २२ को सिकन्दर भारतीको ढाड र हातमा चोट लागेको छ , अवस्था मध्यम छ ।
  • देश भारत जिल्ला मुजफरनगर छपहार बस्ने वर्ष २३ को मोहम्मद सादिकको दाहिने खुट्टा र छातीमा चोट लागेको छ, अवस्था मध्यम छ ।
  • देश भारत जिल्ला मुजफनगर बस्ने वर्ष २० को जाबेत त्यागीको दुबै खुट्टामा चोट लागेको छ, अवस्था मध्यम छ ।
  • देश भारत जिल्ला मुजफरनगर बस्ने वर्ष १८ को अतिर त्यागीको दुबै खुट्टा, बाया हात र पेटमा भित्री चोट लागेको छ , अवस्था सिरियस, सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर भएको छ ।
  • देश भारत जिल्ला मुजफरनगर बस्ने वर्ष २८ को मसरुप मोहम्मदको दाहिने हात, दाहिने खुट्टा र पेटमा चोट लागेको छ, अवस्था मध्यम छ ।

१०.देश भारत जिल्ला मुजफरनगर बस्ने वर्ष १८ को अमन मोहम्मदको टाउकोमा चोट लागेको छ , अवस्था मध्यम छ ।

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here