उहाँले जिल्लामा संचार क्षेत्रमा क्रियाशिल महिला पत्रकारहरु माथि समय समयमा आइपर्ने पेशागत समस्याहरुको समाधान गरि पत्रकारहरु बिच सुसम्बन्ध, एकता कायम गर्न एवम् संस्थागत विकास, पेशागत हकहित र व्यवसायिक क्षमता सहित पेशाको सुरक्षा गर्दै “समाजमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध खबरदारी, स्थानीय विकासमा हाम्रो साझेदारी ” भन्ने मान्यता सहित अगाडि बढेकाे जानकारी दिनु भयाे ।

जसका लागि सातै पालिकामा जनप्रतिनिधि, राजनैतिक दल, नगर स्तरिय संघ संस्था एवम् सामाजिक अगुवाहरुसंग “स्थानिय सरकार र स्थानीय सराेकारसगँ नवलपरासी महिला प्रेस क्लबको भूमिका” विषया अन्तरक्रिया कार्यक्रम संचालन गरी अभियानकै रूपमा लागेकाे अध्यक्षकाे भनाई छ ।
कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँ पालिकाका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले महिला प्रेस क्लबलाई शुभकामना व्यक्त गर्दै स्थानीय सरकार सहकार्य गर्न तयार रहेकाे उहाँहरू आ-आफनाे धारणा राख्नु भयाे ।
त्यसैगरी उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कुनै प्रलोभनमा नपरी जनताका जायज मुद्दामा आवाज उठान गर्न सुझाब दिदै महिला प्रेस क्लबलाई आवश्यक सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।
प्रेस क्लबकी सचिव डाेल्मा चाैधरीले अहिले सम्म सुनवल नगरपालिका , प्रतापुर गाउँपालिका र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिसकेकाे र अन्य चार पालिकामा पनि छिट्टै याे अभियान संचालन हुने जानकारी दिनु भयाे ।