नवलपरासी-जिल्लाकाे रामग्राम नगरपालिका-१० मा रहेका उद्योगको फोहर पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेकाे छ ।
उद्याेगहरूबाट निस्किएको फोहर प्रदुषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछि पाल्हीनन्दन गाउँपालिका–६ निवास सन्दीप यादवले जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिएकाे बताए।
स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ तथा खाेला नाला प्रदूषित हुनुका साथै पानीमा केमिकल मिसिएको पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको उनले बताए ।
उद्योगबाट निस्किएका प्रदुषित पानी खोला,नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्याउनुका साथै त्यो पानी खाएर गाई,भैँसी र बाख्रा मरेका छन्।
प्रदुषित पानीबाट वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया, कृषि बालीमा क्षति हुन थालेपछि प्रदूषित पानी रोक्नका लागि जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिए।
जिल्लामा रहेका राेसलान भोडका,वरुण वेभरेज, लुम्बिनी पेपर मिल,गोयका लगायत प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेकाले वातावरण समेत दर्गन्धित भई पशुचौपाया चरन गर्न नपाएकाे त्याे पानी खेतमा हाल्दा कृषि बालीमा क्षतिपुर्याउनुकाे साथै त्याे पानीबाट मानिसकाे हात खुट्टा पनि कुहिन्छ पाल्हीनन्दनका धरेन्द्र यादवले बताए ।
- प्रदुषित नराेकिए आफुहरूले अन्दाेलन गर्न उनले चेतावनी दिए ।
उद्योगबाट निस्किने फोहर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका–१० का वडाध्यक्ष सुरेश यादवले बताए।
उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायामा क्षति पुर्याएको स्थानीयवासीले उजुरी दिएपछि अनुगमनमा जादा प्रदूषित पानी भेटिएकाे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताईन ।
उद्योगबा निस्किने प्रदुषित पानीकाे समस्या समाधानका लागि उद्योगका प्रतिनिधि,स्थानीय प्रतिनिधि,नागरिक सहित छलफल गरी समस्या समाधान गर्ने उहाँको भनाइ छ