परासी-पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका-२स्थित खुटहटबाट लागुऔषध सहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।
इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले चेकजाच गर्ने क्रममा उक्त वडाका २० वर्षिय भुवननाथ कुर्मी र परिवर्तित नाम स बहादुरलाइ विभिन्न लागूऔषध सहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ।
लागुअाैषध अाेसार पाेसारमा संलग्न दुबै जनालाइ नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालतबाट लागुऔषध सम्वन्धि कसुर मुद्धामा पाँच दिन म्याद थप अनुमति लिईअनुसन्धान कार्य भइरहेको ।