प्रतापपुर-पश्चिम नवलपरासीमा राेकिएन लसुन तसकरी रामनगर र गुठी प्रसौनिनाकाबाट लसुनको ठूलो तस्करी भएकाे छ।
जिल्लाका गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन।
दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे हाे।
बुधबार राती गुठीप्रसौनी नाकाबाट पिकअप राखेर लहसुन अाेसार पाेसार गरेका थिए।दिउसाे गोदाममा भण्डारण गर्ने र राति माेटरसाइकलमा राखेर प्रसौनि र रामनगर नाकाबाट तस्करी हुने गरेकाे छ।केहि दिनअघि समम प्रहरी प्रमुखको कडाइले तस्करी राेकिएपनि अहिले पुनः तस्करी शुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले पाँच कुइन्टल ४० किलाे लसुन सहित अाज ट्रक र पिकप नियन्त्रणमा लिएकाे छ।