नेपालको संविधानले निशुल्क शिक्षाको व्यवस्था गरेपछि स्थानीय सरकारको मिलेमतोमा समुदायिक विद्यालय भित्रै ईङग्लिस मिडियम (बोर्डिङ स्कुल) चलाएर रामग्राम-५स्थित बुद्ध चोक नजिकै रहेको आदर्श माध्यमिक विद्यालयले विद्यार्थीहरु संग रकम असुली गरेको रामानन्द हरिजनले बताए।
समुदायिक विद्यालय भित्र बोर्डिङ स्कुल चलाउनको लागि नत नेपाल संविधानमा व्यवस्था छ नत स्थानीय सरकारले कुनै ऐन,कार्यविधि बनाएको छ।सर्वसाभारणले कानुन विपरीत काम गरेमा कानुन विपरीत गरेको भन्दै सरकारले कानुनी कारवाही जरीवाना सजाय वा दुबै गर्छ तर यहाँ सरकारले आफै कानुन विपरीत कानुनमा व्यवस्था नरहेको समुदायिक विद्यालय भित्रै बोर्डिङ स्कुल चलाएर मनोमानी विद्यार्थीहरु संग शुल्क उठाएका छन।
आफु निर्वाचित हुनु भन्द पहिला देखि नै समुदायिक विद्यालयका शिक्षकहरुले सुमदायिक विद्यालय भित्र बोर्डिङ स्कुल चलाएर पैसा लिदै आएका छन रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए।समुदायिक विद्यालय भित्र बोर्डिङ स्कुल चलाउन पाउने कुनै कार्याविधि ऐन बनेको आफुलाई जानकारी नभएको उनको भनाई।
नेपालको संविधानमा निशुल्क शिक्षाको व्यवस्था भएपनि समुदायिक विद्यालयले शुल्क लिएको आफुलाई गुनासो आउँछ शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले बताए।
