बालशिक्षा निकेतन माध्यमिक विद्यालयकाे बिजुलीकाे भुक्तानी बाकी रहेकाेले बिजुली काटेकाे नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका सुचना अधिकारी रामाशङकर साहले बताए।
१६ हजार रुपैया बाकी रहेकाे रकम भुक्तानीकाे लागि विद्यालयलाई पटक पटक ताकेता गरेपनि भुक्तानी नगर्दा बिजुली काटेकाे उनले बताए।
१७ दिन देखि बालशिक्षा निकेतनकाे बिजुली नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले काटेछ प्राधानाध्यापक सुनिल तिवारीले बताए। छ महिनाकाे१६ हजार रुपैया प्राधिकरणलाई भुुक्तानी दिनुपर्ने बाकी छ।
विद्यार्थीहरूबाट परीक्षा शुल्क तथा रकम सहयाेग लिएर विद्यालय व्यवस्थापन गर्दै आएकाे तिवारीकाे भनाई छ।
विद्यार्थी संग शुुल्क तथा सहयाेग लिन नपाईने कानुनी व्यवस्था रहेपनि कानुन विपरीत सरकारी विद्यालयका शिक्षकले विद्यार्थीहरूबाट परीक्षा तथा सहयाेग लिएर विद्यालय व्यवस्थापन गर्दै आएकाे पाईएकाे छ।
नेपाल विद्युत प्राधिकरणले बालशिक्षा निकेतन माध्यमिक विद्यालयकाे बिजुली काटेकाेछ पाल्हीनन्दन गाउँपालिकाका शिक्षा अधिकृत प्रमाेद यादवले बताए।
विद्यालयकाे विजुलीकाे भुक्तानीकाे लागि यश वर्ष गाउँपालिका बजेट विनियोजन नगरेकाेले विजुलीकाे रकम भुक्तानी गर्न नसकेकाे शिक्षा अधिकृतकाे भनाई छ।