दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनाेद पहाडी प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभाव विरुद्ध संघर्षरत एक अभियन्ता माथि झूटा मुद्धा लगाएर फसाउन खोजिएको बताएका छन्।
पत्रकार संघले जातीय भेदभाव विरुद्ध न्यायको लडाइँ लडिरहेका एक इमानदार पत्रकार तथा दलित अभियन्तालाई योजनाबद्ध रूपमा फसाउन खोजिनु प्रेस स्वतन्त्रता र मानव अधिकारको घोर उल्लङ्घन हो।
२०७९ सालको छठ पर्वमा राजेश पासवान माथि भएको जातीय दुव्र्यवहार र आक्रमण गर्ने दोषीहरू कानूनी कारबाही गर्नु भन्दा उनीहरूकै दबाबमा प्रहरी प्रशासनले पीडितलाई नै अपराधी बनाउन खोजेको दलित पत्रकार संघले जनाएको छ।
गत २०८१ मंसिर १९ गते वृन्दावन८,बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवान माथि झूटा मुद्दा तत्काल खारेज गर्नु पर्छ।
घटनामा संलग्न प्रहरी अधिकारीहरूकाे भुमिकाबारे निष्पक्ष छानविन गरी उनीहरूलाइ कार्यवाही गर्न जाेडदार माग गर्दछाैं। जातिय विभेद मुद्धामा वादी समेत रहेका पसिन्द्र महताे लगायत कानुनी कार्यवाही दायरामा ल्याएर उचित सजाय क्षतिपुर्तिकाे माग गर्दछाैं।
पिडितलाइ न्याय नदिइ दाेषिहरूलाइ संरक्षण गर्ने प्रवृति दाेहाेरिएमा राष्टिय दलित पत्रकार संघ दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी दिइएका छन।