परासी ९ असार ।पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रले कृषि औजार तथा समाग्री वितरण गरेको छ ।
ज्ञान केन्द्रले रामग्राम नगरपालिका–१७ स्थित तरकारी खेती गर्ने कृषकलाई औषधी (विषादी) छर्ने मेसिन, ड्रेस,-कपडा) माक्स,चस्मा,जुत्ता,लगायत २५ जना किसानलाई पाँच प्रकारका कृषि औजार तथा समाग्री निशुल्क वितरण गरिएको हो ।
व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानलाई लक्षित गरेर किरा मार्ने तथा विषादी छर्ने मेसिनतथा समाग्री वितरण गरेको नवलपरासी कृषि ज्ञान केन्द्रका सुचना अधिकारी उमाशंकर पौडेलले बताउनु भयो ।
उनका अनुसार विषादी छर्दा लगाउनु पर्ने कपडा,चसमा,जुत्ता,पञ्जा,माक्स लगायत समाग्री वितरण तथा प्रयोग गर्ने तरीका सिकाएको हो । तरकारीमा बढी मात्रामा विषादी प्रयोग गर्दा विभिन्न रोगको सिकार हुन सकिन्छ सचेतना जगाएको सुचना अधिकारी पौडेलले भन्नु भयो ।
रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका पचास जना किसानलाई निशुल्क कृषि समाग्री वितरण गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा. रविन्द्र नाथ चौबेले बताउनु भयो ।
विषादीबाट मृगौला फेल हुन सक्छ,क्यान्सर लाग्न सक्छ, ज्यान जना सक्छ त्यसले गर्दा तरकारीमा विषादीको मात्रा कम गर्नु पर्छ, विषादी छरेको एक साता पछि तरकारी बजारमा विक्री गर्नु पर्छ ।
विषादी प्रयोग गरेका बोत्तल,प्याकेट जस्ता समानहरु जतात्यतै फाल्नु हुदैन,सो बोत्तल,प्याकेटमा केही मात्रामा छुटेका विषादीहरु पानीमा मिसावट भएमा पानी दषित हुनु संगैै जनावर,मानव समेतमा ठुलो क्षति पुर्याउन सक्छ कार्यालय प्रमुखले भन्नु भयो ।