परासी १२ असार : बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ५३ करोड ११ लाख १३ हजार ८ सय २१ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मङ्गलबार विजयपुरमा १८ औँ गाउँसभामा पाल्हीनन्दन गाउँपालिकाकी उपप्रमुख फातुमा खातुन अंसारी सकिनाले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । चालुतर्फ ३४ करोड ३५ लाख ७६ हजार ५ सय ६४ रुपैया र पूँजीगत तर्फ १८ करोड ८० लाख १९ हजार ३ सय ९१ रुपियाँ प्रस्ताव गरिएको छ ।
बजेटमा सङ्घीय समानीकरण अनुदान ११ करोड ८० लाख, नेपाल सरकार शसत अनुदान १७ करोड १७ लाख चालु ,एस.इ.एस.पि.सोधभना अनुदान चालु ५२ लाख, एस.इ.एस.पि.ऋण चालु १० करोड ५ लाख,युरोपियल युनियन २ लाख, एस.इ.एस.पि.सोधभना अनुदान पुजिगत १ करोड,आन्तरिक ऋण ७५ लाख, एस.इ.एस.पि.ऋण पुजिगत २१ लाख,विशेष अनुदान पुजिगत २ करोड,समपुरक अनुदान १ करोड ।
राजश्व बाँड फाँड मुल्य अभिबृद्धिकर ७० करोड ७९ लाख ७७ हजार १७ रुपैया, राजश्व बाँड फाँड अन्तशुल्क २ करोड ३५ लाख ९९ हजार २ सय ३९ रुपैया । लुम्विनी प्रदेश सरकारको समानीकरण अनुदान ७७ लाख ४४ हजार लुम्विनी प्रदेश सर्शत कार्यक्रम १० करोड ५ लाख, लम्विनी प्रदेश राजश्व ९६ लाख ५५ हजार,आन्तरिक आम्दानी १ करोड ५५ लाख ५० हजार, अल्या रकम ४ करोड ५ लाख, मालपोत रजिस्ट्रेसन ८ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता –दिपक)ले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष गुप्ताले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भई सकेको र उपप्रमुख खातुनले पेस गर्नुभएको बजेट पारित गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बृजकिसोर प्रसाद शाहले जानकारी दिनुभयो ।