परासी १७ असार :पश्चिम नवलपरासीमा८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
२० हजार चार सय ८० हेक्टर क्षेत्रफल मध्ये १६ हजार ३ सय ८४ हेक्टर धान रोपाइँ समपन्न भएको कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख डा. रविन्द्र नाथ चौबेले बताउनु भयो ।
उनका अनुसार जेठ दोस्रो साता देखि रोपाइँ सुरु भएकोले सबै भन्दा बढी पाल्हीनन्दन गाउँपालिकामा धान रोपाइँ भएको छ ।त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ९५ प्रतिशत बढी रोपाइँ सम्पन्न भएको छ ।
रामग्राम नगरपालिकामा ६० प्रतिशत, सुनवल र बर्दघाट नगरपालिकामा ५० प्रतिशत धान रोपिएको छ । पछिल्लो वर्षको तुलनामा यस वर्ष समयमा वर्षा नुहँदा सुस्त गतिमा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले बताउनु भयो ।
उनका अनसार बर्दघाट र सुनवल नगरपालिका क्षेत्र भित्र मकै खेती गरेकोले यहाँका कृषक धान रोपाईमा पछाडी परेका छन । सुस्ता र प्रतापपुर गाउँपालिकाको विवरण आउन बाँकी रहेकोले बिवरण आएपछि रोपाइँको प्रतिशतमा केही वृद्धि हुने सम्भावना छ ।
गत वर्ष १४ असार सम्म जिल्ला भरी ८० प्रतिशत बढी धान रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ८० प्रतिशतमा सीमित छ ।
सरावल गाउँपालिकामा कुल क्षेत्रफल मध्ये ८० प्रतिशत रोपाइ समपन्न भइसकेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भयो ।
त्रिवेणी देखि पश्चिम पाल्हीनन्दन गाउँपालिका–६ पडरी सम्म ३२.२ किलोमिटर गण्डक नहर छ । तीन वटा शाखा,सात वटा माइनर,२६ वटा मुल कुलो र एक सय ६२ वटा सहायक कुलोहरुमा नेपाल गण्डक पश्चिम नहर सिचाई व्यवस्थापन कार्यालले नहरमा यस वर्ष समयमा पानी दिएपछि गण्डक नहर वरिपरी गाउँका कृषकहरु यस वर्ष छिट्ठै रोपाई समपन्न गरेका छन ।