परासी ।दाउन्नेमा सडक भासिदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानी खोला स्थित पूर्वपश्चिम राजमार्गमा सडक भासिदा गए राती देखिनै यातायात पूर्णरुपमा बन्द भएको हो ।
लगातार वर्षा पछि खुर्सानी खोला नजिक सडक भासिए पछि बर्दघाट ईलाका प्रहरी कार्यालय बर्दघाट प्रहरी निरीक्षक दिपेन्द्र बनियाकाे कमाण्डमा प्रहरी टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेकाे लु १ क ५८२७ नम्बरको ट्रक पनि फसेको छ । दाउन्नेको खुर्सानी खोला नजिकै करिब ४ फिट सडक भासिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी बिर दत्त पन्तले जानकारी दिए