परासी।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।कोशी प्रदेश र मधेश प्रदेशका थोरै साथै बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
जल तथा माैसम विज्ञान विभागका अनुसार सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।आज राती मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भु-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश,मधेश प्रदेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।