परासी ३ भदौ।पश्चिम नवलपरासीमा वन अतिक्रमण गरिएको जग्गाको पनि भुमि समस्या समाधान आयोगले जग्गधनी पुर्जा वितरण गरेको छ ।
८ नम्बर,एलानी जग्गा संगै वनको जग्गामा बसोबास गर्दै आएका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित परिवारलाई जग्गधनी पुर्जाको लागि भुमि समस्या समाधन आयोगलाई सिपारीस गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठले बताए ।
नगरपालिका तथा गाउँपालिकाले दिएको सिपारीसको अधारमा चार सय जना भुमिहिन दलित,भुमिहनि सुकुम्बासी र अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको भुमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङले बताए ।उनका अनुसार ८ नं जग्गा,एलानी, र २४ सालमा नाप नक्सा भएको पुर्जा नभएको जग्गा धनी पुर्जा वितरण गरिएको हो ।
वर्षौ देखि बसोबास तथा जोतभोग गर्दै आएका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित परिवारलाइ जग्गधनी पुर्जाकाे लागि भुमि समस्या समाधन आयोगलाई सिपारीस गरेको सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले बताइन ।
बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २ सय ८८.५ हेक्टर क्षेत्रफल,सुनवल नगरपालिकामा एक सय ७३.९९ हेक्टर क्षेत्रफल,रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा एक सय ५७.८२ हेक्टर क्षेत्रफल,प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६ .५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको डिभिजन वन कार्यालय नवलपरासीका सुचना अधिकारी मोसाफिर भगतले बताए । उनका अनुसार वनको जग्गा अतिक्रमण गरेपछि वनको क्षेत्रफल घटदै गएछ ।