परासी १२ भदौं ।राष्टिय सुचना आयोगले सुचना दिन मानेन सुचना लुकायो दिन मानेन ।
रामग्राम नगरपालिकाले २०८१/८२ मा मिडियाको लागि छुट्याइएको बजेट तथा आज सम्म के कुन मिडियालाई के कति रकम भुक्तानी गरिएछ सो को भर्पाई र उक्त मिडियाहरुको सम्झौता पत्रको प्रतिलिपी रामग्राम नगरपालिका संग माग गर्दा नदिएपछि राष्टिय सुचना आयोगमा पुनरावेदन दर्ता गराइएकाे छ ।पुनरावेदन दर्ता गरेकाे चार महिनामा पनि सुचना आयोगले सुचना दिएन रामकरन हरिजनले बताए।
राष्टिय सुचना आयोगकाे माेबाइल नम्बर ९८५१२४४६६५ मा फाेन गर्दा हामी पठाउँदै छाैं भन्नु हुन्छ त कहिले कार्यालयमा फाेन गर्नु भन्नु हुन्छ ।कार्यालयकाे ०१-४५९६५४४ नम्बरमा फाेन गर्दा पुनरावेदन,उजुरी र निवेदनकाे बारेमा मलाइ थाहा हुँदैन फेरी उजुरी लेखेर पठाउनु भन्नु भयाे।
उनका अनुसार रामग्राम नगरपालिकाले २०८१/८२ मा मिडियाको लागि छुट्याइएको बजेट तथा कुन मिडियालाई के कति रकम भुक्तानी गरिएछ सो को भर्पाई र उक्त मिडियाहरुको सम्झौता पत्र तपसिलका सुचनाहरु ऐन २०६४ को दफा ३ बमोजिम पाउँ भनि यो निवेदन पेश गर्दछुु।
साथै सुचना प्राप्त गर्न लाग्ने दस्तुर बुुझाउने छु लेखिएता पनि रामग्राम नगरपालिकाका सुचना अधिकारी र प्रमुख प्रशासकिय अधिकृतले सुचना नदिएपछि राष्टिय सुचना आयोगमा पुनरावेदन गरेको उनले भने ।
सुचनाको हक सम्बन्धि नियमन गराउने राष्टिय सुचना आयोगले नै अब सम्बन्धित कार्यालयको मिलेमतोमा सुचना दिन आलटाल गर्ने तथा सुचना दिन नमान्ने गरिरहेको रामकरनकाे भनाइ छ।
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420