नवलपरासी १४ भदाै।लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले सुस्ताको लामो झोलुङगे पुल नेपालको मुटुहो भनेका छन ।
लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले झोलुङगे पुलमा चढेर बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ भारत संग जोडिएको सुस्तामा पुग्दा जिवनको खुशीको क्षण महसुस गर्दै सुस्ताको झोलुङगे पुल नेपालको मुटु रहेको बताए ।
उनका अनुसार १ हजार ५ सय ७१ मिटर लामो झोलुङगे पुल नरायणी नदी माथि निर्माण गरिएको पुल नेपालकै लामो पुल रहेको छ।
सिमा बिद्य बुद्धिनारायण श्रेष्ठको अगुवाइमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख,प्रदेश सभा मुख र मन्त्रिहरु सहितको टोली सुस्तामा पुगेर सुस्ताका स्थानीय बासी सँग सहभोज सहित सम्वाद कार्यक्रम गरेका छन् ।
सुस्ता बासी संग सहभोज कार्यक्रम सम्बोधन गर्दै नेपाल सिमाका बिद्य बुद्धिनरायण श्रेष्ठले भारतले नेपालको भुभाग मिचेको विषय लिएर भारतीय सुरक्षाकर्मी र नेपाली जनता बिच पहिला देखि नै विवाद हुँदै आएछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको २०७१ साउनमा नेपालको प्रथम पटक भ्रमण गर्दा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा चार तहको सीमा समस्या समाधान संयन्त्र गठन भएको उनले स्मरण गरे।
सुस्ता बचाउ अभियान नेपाल र सुस्ता बचाउ युवा अभियानको संयुक्त आयोजनामा शनिवार सुस्तामा भएको सहभोज तथा सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संयन्त्रलाई क्रियाशिल बनाउदै फिल्डको कामलाई प्राथमिकता दिने अहिलेको सरकार लाग्नु पर्ने सिमा बिद्य श्रेष्ठले बताए।कुटनीतिक तरिकाबाट नेपालले यो काम गर्न जरुरी रहेको उल्लेख गर्दै ५१ ठाउमा सीमा मिचिएको रेकर्डमा रहेको श्रेष्ठले भने।
लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्री सन्तु कलवारले २० वर्ष देखि नेपालमा बसोबास गर्दै आएका नागरिकले नेपाली नागरिकता पाउनु पर्ने नेपालको संविधानमा उल्लेख रहेपनि सुस्ताका स्थानीयहरुले नागरिकता पाएका छैनन्। नागरिकता नहुँदा सुस्ताका नागरिकले बिजुली जडान नहुँदा अध्यारोमा गुजारा गर्न बाध्य छन।
लुम्विनी प्रदेश सभा मुख तुलराम घर्तीले नेपाली नेतामा राष्ट्रियता छैन नेपाली नेता व्यक्तिगत स्वार्थ र कुर्सी बचाउनमा लागेका छन।भारतले जताततै नेपालको भुमि मिचेको सुनिन्छ तर नेपाली भुमि बचाउनको लागि कुनै नेताले बोल्न सकेका छैनन् ।
भारत द्वारा करिव ७ हजार हेक्टर जमिन अतिक्रमण भएपछि बचेको सुस्तामा पुगेर सीमा बिद्य श्रेष्ठ सहित लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती,प्रदेशसभाका सभामुख तुलाराम घर्ती, प्रदेश सरकारका बनमन्त्री सन्तु कलवार लगायतका उच्च पदस्त पदाधिकारीले सुस्ता बासी सँग सहभोज सहित सम्वाद कार्यक्रम गरेका हुन्।
तस्विर मज्झिम आवाज
तस्विर मज्झिम आवाज