परासी १७ भदाै।भारतबाट अवैध रुपमा नेपाल भित्र्याइ फुसकाे घरमा लुकाइ छिपाइ राखेकाे अवस्थामा सशस्त्र प्रहरी बल,प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरले बरामद गरिएकाे छ।
आइतबार पाल्हीनन्दन गाउँपालिका-१छाेटकी सुनरीबाट १० लाख मुल्य बराबरकाे माेबाइलका टेम्पर गलास बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको शसस्त्र प्रहरी बल,प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरका डिएसपी संताेष अधिकारी बताए।
स्थानीय तस्करहरुले जिल्लाका विभिन्न नाका प्रयाेग गरी भारतबाट नेपाल र नेपालबाट भारत विभिन्न सर-सामानको चोरी तस्करी गर्दै आएका छन्।नेपाल प्रहरी र शसस्त्र प्रहरीले २४ घण्टा निगरानीका बावजुद साइकल र माेटरसाइकलमा लत्ता कपडा,चिनी,काजु,किसमिस,लागूऔषध,खसी बोका,खाद्यान्न,हार्डवेयर,ईलेक्ट्रीक,माेबाइल तथा माेबाइलका पार्टस लगायतका सामाग्रीहरु ब्यपारीहरूले चोरी तस्करी गर्दै आएका छन्।
सिन्धुलीमा २०अर्ब रूपैयाकाे भैंसीकाे मासु प्रसाेधन उधाेग स्वीकृत भएपछि भारतबाट ब्यापक रूपमा भैंसी र राँगा चरन गराउने बहनामा ब्यपारीहरूले तस्करी गर्दै आएका छन स्राेतले जनाएकाे हाे।
स्राेतले भने अनुसार शसस्त्र बी.ओ.पी.नेपाल प्रहरी चाैकी तथा घुमुवाहरूकाे मिलेमताेमा बर्दघाट नरपालिका-१२ स्थित मंगलवार जमुनीयामा लाग्ने भैंसीकाे बजारमा करीब १ हजार भैंसी र राँगा भारतबाट अबैध रूपमा स्थानीय व्यपारीहरूले तस्करी गर्ने गरेकाे स्राेतले जनाएकाे छ।