बर्दघाट १९ भदाै।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बर्दघाट सुस्ता पश्चिम नवलपरासीका पाल्हीनन्दन,सरावल र प्रतापपुर गाउँपालिकालाइ भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र बुझाएको छ।बिहिवार आयाेजिक कार्यक्रममा तीन वटा गाउँपालिकालाइ भ्रष्टाचार विरुद्धकाे ज्ञापन पज्ञ बुझाउँदै भ्रष्टाचार बिरूद्ध चरणबद्ध संघर्ष अघि बढाउने चेतावनी दिएकाे छ।
भ्रष्टाचार बिरूद्ध कार्यक्रममा क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले भ्रष्टाचार विरुद्धको अभियान तीन चरणमा गर्ने जानकारी दिएका छन।“पहिला जनचेतना जगाउने त्यसपछि भ्रष्टाचारीहरूको भण्डाफोर गर्ने,त्यसपछि जनकारवाही गर्ने थापाले भने।
”पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा भइरहेका विकृति तथा विसंगतिका विरुद्ध जनस्तरबाट संघर्ष गर्ने पार्टीको योजना रहेको बताए।
पार्टीका जिल्ला सचिवालय सदस्य तथा पालिका संयोजक यम बहादुर गुरुङले शिक्षा,स्वास्थ्य,कृषि,यातायात,पर्यटन तथा सार्वजनिक सम्पत्तिको संरक्षण लगायतका मागहरू प्रस्तुत गरेका छन।
पाल्हीनन्दन गाउँपालिकालाइ १७ बुँदे सरावल गाउँपालिकालाइ १९ बुँदे र प्रतापपुर गाउँपालिकालाइ २० बुँदे क्रान्तिकारी पार्टीले ज्ञापन पत्र बुझाएको नेता रवि पाण्डेयले जानकारी दिए।भ्रष्टाचार बिरूद्ध कार्यक्रममा पार्टी सदस्य दुर्गा नारायण चौधरी,ज्ञान बहादुर केसी र मेख नारायण चौधरी,दुर्गा नारायण चौधरी लगायत उपस्थित थिए पाण्डेले भने।
देशमा“राज्य सत्ता भ्रष्ट र कमिसन खोरीकोअखडा बनेपछि खबरदारी गर्नका लागि प्रतिगमन वा क्रान्तिका परिवेश तयार हुँदैछ क्रान्तिकारी पार्टीले चेतावनी दिएकाे छ।