नवलपरासी २४ भदाै।जेनजी पुस्ताले सोमबार देखि सुरू गरेको आन्दोलनमा प्रहरीकाे गाेली लागेर १९ जनाको मृत्यु भएकाे छ। घाइते भएकाहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार भएको नरसंहार विरुद्ध मंगलबार बिहानबाट देशका विभिन्न स्थानमा जेनजी पुस्ताका(युवा)हरूलेआन्दोलन गरिरहेका छन्। तर,आम नागरिक र देशको शान्ति सुरुक्षाको नेतृत्व गर्ने गृह मन्त्रालय र प्रधानमन्त्रीकाे कार्यालय भने माैन छ।
मुलुकमा यति बेला आन्दोलन चर्किदै ठुलाे रूप लिइरहेकाे छ।जेनजीको आन्दोलनमा नौतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।त्यसपछि गृह मन्त्रालय नेतृत्व विहीन भएको छ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’काे घरमा ताेडफाेड तथा आगजनी लगायत जेनजी प्रदर्शनकारीहरूले गरेका छन।साथै मुलुक भित्रका पार्टी कार्यालय समेतमा ताेडफाेड तथा आगजनी गरेछन।
गृहमन्त्रालयले साेमवार लेखेकाे विज्ञ्यपती यहाँ छ ।