काठमाडौैं।नेकपा माओवादी केन्द्रले पार्टीको नयाँ भवन बनाउने भएकाे छ।
जेनजी पुस्ताकाे आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको माओबादी पार्टी कार्यालय जलाएपछि देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा भव्य नयाँ कार्यालय भवन बनाउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेका छन।
उनले भने, “अब सिङ्गो पार्टी पङ्क्ति, देश भित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको नयाँ भवन निर्माण गरिने।”
जेनजी आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि नेपाली सेनाको सुरक्षामा रहेका प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गर्न पेरिसडाँडा पुगेर”उनले अब पार्टीको नयाँ कार्यालय भवन निर्माण गरिने घोषणा गरेका हुन् ।उनले जेनजी आन्दोलनका सहिद प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।