परासी।संघीय लोकतान्त्रिक मोर्चा बर्दघाट सुस्ता नवलपरासीले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ।
आज परासी बुद्ध चाेकमा विभिन्न संघ संस्था र राजनीतिक दलले मौनधारण गरी दीप प्रज्वलन गरेको हो।
निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनु पर्ने,भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नु पर्ने,जवाफदेहीता र पारदर्शीता स्थापित गर्नु पर्ने लगायत माग गर्दै भदौ २३ र २४ गते देशै भरी आन्दोलन गरेका थिए।आन्दोलनका क्रममा हाल सम्म ७३ जनाको मृत्यु भएको छ।