परासी।नागरिक समाज बर्दघाट सुस्ता पश्चिम नवलपरासीकाे नयाँ सञ्चालक समिति चयन भएको छ।शनिवार परासीमा आयाेजित नागरिक भेलाले पत्रकार बेचु गाैंडलाई अध्यक्षमा चयन गरेको हो।
भेलाले उपाध्यक्षमा अमरचन्द्र अग्रवाल र सचिवमा अनिल अग्रहरीलाइ चयन गरेको छ।
नागरिक समाजकाे सदस्यमा इन्द्र रेग्मी(सुनवल) रामकरन हरिजन(पाल्हीनन्दन) लगायतबाट चयन गरिएकाे छ।,
भेलालाई सम्बाेधन गर्दै संम्विधान सभासदस्य चिनक कर्मीले सुशासन र भ्रष्टाचार नियन्त्रण तथा खबरदारी नागरिक समाजले गर्नु पर्नेमा जाेड दिए।, “उनले जनताकाे प्रतिनिधित्व गर्दै समाज र राष्ट्रलाई सही बाटाेमा हिडन प्रेरणा दिने,तथा समाजका जल्दा बल्दा समस्याहरु उठाउने र समाधान गर्ने कार्य गर्छ विश्वास व्यक्त गरे।,
“नागरिक समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवालीले राज्यमा सुशासन कायम गराउन नागरिक समाजले महत्त्वपूर्ण भुमिका खेल्छ बताए।,
भ्रष्टाचार, विकृति, विसंगति नियन्त्रणमा नागरिक समाजले विगतका दिनमा पनि महत्त्वपूर्ण भुमिका खेल्दै आएकाे र अगामी दिनमा पनि नागरिक समाजले थप सशक्त भुमिका खेल्छ विश्वास व्यक्त गरे ।,
भेलामा नागरिक समाजका पुर्व अध्यक्ष शम्भु उपाध्यायले वर्तमान नागरिक समाजले शान्त र सुशासनयुक्त समाज निर्माणमा गर्न जाेड दिए ।, “नागरिक समाजकाे भेलामा विभिन्न राजनिती दलका प्रतिनिधि ,समाज सेवी, उद्योगी,व्यवसायी , समाजसेवी,पत्रकार लगायत उपस्थित थिए।,