नवलपरासी।बर्दघाट सुस्ता पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी कार्यालय प्रति उत्तरदायी नहुँदा सेवा प्रभावित बनेकाे छ।
आइतवार पाल्हीनन्दन गाउँपालिकाकाे कार्यालय खुल्ला रहेपनि शिक्षा शाखा,पुर्वाधार शाखा लगायत शाखाका कर्मचारी कार्यालयमा उपस्थित थिएनन् पाल्हीनन्दन गाउँपालिका-३ का स्थानीय अनिल मिश्राले बताए।
उनका अनुसार दशैं बितेकाे दश दिन भयाे कर्मचारीहरूलाइ अहिले पनि दशैं नै लागेछ जसले गर्दा पालिकाले प्रदान गर्ने सेवा प्रभावित बनेका छन्। आज दिउसाे १२ बजेर १० मिनेटमा गाउँपालिकामा जाँदा अधिकांश शाखाका कर्मचारी अनुपस्थित भएपछि पालिका सुनसान थियाे।
कार्यालयमा पुग्दा अधिकांश शाखा र फाँटका कर्मचारीका कुर्सी खालि थिए मिश्राले भने ।पुर्वाधार शाखामा एक जना महिला कर्मचारी मात्र उपस्थित थिइन प्राबिधिक शाखाका प्रमुख उमेश शर्माकाे कार्यकक्षमा ताल्चा लगाइएकाे थियाे मिश्राले जानकारी दिए ।
आज आफु बिदामा रहेकाे पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गाैंड(कहार)ले भने भाेली कुन कुन कर्मचारी कार्यालय छाेडेर अनुपस्थित थिए त्यसकाे बारेमा पुछताछ गर्ने अधिकृत गाैंडले भने ।