काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ ले दुई वटा,तीन वटा,मिल्ने त भए होला तर एकै साथ १० वटा कम्युनिष्ट एकता भएको इतिहास सम्भवतःनेपालमा छैन बताएका छन्।
नेकपा माओवादी केन्द्र,नेकपा (एस) सहित कम्युनिष्ट दलहरूको एकता घोषणा सम्मेलनमा बोल्दै उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने आत्मविश्वास जन्मेकाे बताए।
प्रचण्डले आजको दिनलाई नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिका दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘हामी कम्युनिष्टहरू एक भएर देशमा देखा परेका चुनौती र समस्यालाइ समाधान गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ। हामी नेपाललाई नयाँ ढंगले अगाडि बढाउन र एउटा नयाँ शक्ति निर्माण भयो भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं। आजको दिन नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुने छ।देशमा देखिएका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताए ।
उनले भने, ‘आजको दिन इतिहासमा कहिलै र कसैले विर्सिने छैन। यो एउटा नेपाली कम्युनिष्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्र ऐतिहासिक होइन, यो नेपाली राजनीतिमा देखा परेका चुनौतीहरू र संकटहरूको समाधान गर्नका लागि राष्ट्रिय एकताको लागि तयार पार्ने असाधारण पहलको दिन पनि हो।’
हाल राष्ट्रमा देखिएका संकट,दलहरू माथि लगाइएका आरोप र आक्षेपहरूको बीच यो एकता नयाँ राष्ट्रिय स्वाधिनताको अभियानलाई अगाडि बढाउने ऐतिहासिक कदम भएको उनले बताए।