नवलपरासी।संघिय सरकार र सुनवल नगरपालिकाले निर्माण गरेको सुनवल औधोगिकग्राम अलपत्र परेको छ ।
(बर्दघाट सुस्ता पश्चिम) नवलपरासीको सुनवल नगरपालिका–४ स्थित तुरीया खोलाको छेउमा रु एक करोड ४३ लाख ६० हजार लागतमा निर्माण गरेकाे औधोगिकग्राम चार वर्ष देखि अलपत्रमा अवस्थामा छ ।
संघिय सरकार र सुनवल नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएकाे डि.पी.आर काे काम अगाडी नबढाउँदा सुनवल औधोगिकग्राम अलपत्रमा रहेको सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले बताए ।
उनले भने संघ सरकार,प्रदेश सरकार र स्थानीयतहले औधोगिकग्रामको पुर्वाधार निर्माणकाे लागि बजेट नदिएपछि चार वर्ष देखि अलपत्र परेको छ ।
देश भरमा ३३ वटा औधोगिकग्राम निर्माण गर्ने संघिय सरकारको नितिअनुसार सुनवल औधोगिकग्राम निर्माण भएको सुनवल–४ का वडाध्यक्ष बालकृष्ण पंगेनीले बताए।
संघिय सरकारले दिएको बजेटबाट पर्खाल,प्रवेशद्रार र जालीतारले घेरिएको औधोगिकग्रामको थप पुर्वाधार निर्माण प्रकृया अगाडी नबढाएपछि अलपत्रमा परेको पंगेनीकाे भनाइ छ।
२०७८∕७९ मा १ करोड ४३ लाख ६० हजार सुनवल औधोगिकग्राको पर्खाल र प्रवेशद्रार निर्माण कार्यमा खर्च भएको सुनवल नगरपालिकाका योजना शाखाका प्रमुख पुरुषोतम ढकालले बताए ।१ करोड २९ लाख पाँच हजार रुपैया संघिय सरकारले खर्च गरेको छ भने सुनवल नगरपालिकालले रु १४ लाख ५५ हजार खर्च गरेको उनले भने ।