नवलपरासी।(बर्दघाट सुस्ता पश्चिम)नवलपरासीकाे रामग्राम नगरपालिकाले दिएन हाटबजारकाे (डिपियार)काे प्रतिलिपि।
शुक्रबार पत्रकार सम्मेलन गरी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिका-२स्थित केही स्थानीय र संस्थाले हाटबजारकाे जग्गा अतिक्रमण गरेकाे भन्दै उक्त हाटबजारकाे विस्तृत परियाेजना प्रतिवेदन,(डिपियार)समेत नगरपालिकाले निर्माण गरेकाे हाे।
उनले भने अदालतमा जग्गा अतिक्रमणकाे मुद्दा गर्नकाे लागि हाटबजारकाे प्रमाण पुर्जा,(डिपियार) तथा हाटबजार संग सम्बन्धित कागजात आवश्यक परेकाेले नगरपालिका संग माग गर्दा नदिएपछि हुलाक मार्फत लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्रीलाइ चिठ्ठी पठाएकाे बताएका हुन्।
कातिक १४ गते निवेदन दिएर रामग्राम नगरपालिका संग (डिपियार)काे प्रतिलिपि माग गरेकाे नदिएपछि मंसिर १ गते जिल्ला समन्वय समितीमा निवेदन दिएपछि (डिपियार)काे प्रतिलिपि दिनका लागि जिल्ला समन्वय प्रमुखले नगरपालिकालाइ पत्राचार गरे, “नगरपालिकाले दिएन अग्रहरीले गुनासाे गरे।,
परासी हाटबजारकाे (डिपियार)काे प्रतिलिपि उपलब्ध गराउन लुम्विनी प्रदेशका मुख्य मन्त्रीलाइ अनुराेध गरेका छन्।सार्वजनिक निकायमा प्रत्येक नेपाली नागरिककाे सुचनामा पहुँच हुनेछ कानुनी ब्यवस्था रहेपनि (डिपियार)काे प्रतिलिपि दिन नमानेपछि डिपियारमा केही गरेकाे शंका लागिरहेकाे उनले भने।”
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेयले भने हामी संग हाटबजारकाे डिपियार थिएन,सघन सहरी बिकास संग माग गरेर राखेका छाैं,डिपियारकाे प्रतिलिपि लिनआएपछि हामी दिन्छाैं ।