नवलपरासी।विश्व सम्पदा सूचीमा सूचीकृत रहेकाे रामाग्रामा स्तुपा लगायत नवलपरासीका पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक तथा बाह्यय पर्यटकले भरि भराउ छन्।
बुद्धकाे मावली प्राचीन कोलनगर (पण्डितपुर)मा पुनःउत्खनन कार्य सुरु भएको देखेर त्रिभुवन विश्व विद्यालयका पुरातत्व विषय अध्ययन गर्ने विद्यार्थीहरू अध्यन तथा अवलाेकन गर्न आएका थिए।स्तुपा घुम्नका लागि केही दिन यता दैनिक पर्यटक आउने गरेको रामग्राम विकास काेषका सदस्य बेचु गाैंडले जानकारी दिए ।
पण्डितपुर,नन्दन ताल,बुद्धमङगल ताल,ठाडी(अनाेमाघाट),त्रिवेणीधाम,ककरपत्त नगर सुस्ता झोलुङ्गे पुल लगायत दैनिक पर्यटक घुम्न आउने गरेको उनले बताए ।
बुद्धकाे सिङगाे अष्टुधातु रहेकाे रामग्राम स्तुपामा इन्डाेनेसिया,चिन,भारत,थाइल्यण्ड लगायत देशबाट पर्यटक अवलाेकन गर्न आएकाे पर्यटकहरूले बताउँ छन।
“बुद्वकाे सिङगाे अष्टधातु रहेकाे रामग्राम स्तुपामा शुक्रवार चिनबाट प्राथना गर्न आएका थिए”, उनले भने, “यहाँबाट लुम्विनी जान्छाैं ।”
सुख्खा र चिसाे माैसम रहेकाेले यहाँका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्यय पर्यटकको चहल-पहल बढेको हो। यहाँ स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् ।रामग्राम स्तुपामा दश भन्दा बढी फोटोग्राफर छन् ।
अन्तराष्टिय स्थल रामग्राम स्तुपा घुम्न आउने बाह्यय पर्यटकहरूले राती बस्ने हाेटल तथा खाजा खान रेष्टुरेण्ट नरहेकाे भन्छन।
“हाेटल भए हामी यही राती बस्थें एक जना बाह्यय भने यहाँका स्थानीयकाे आम्दानी हुन्छ,व्यपार पनि राम्राे हुन्छ”, उनले जानकारी दिए ।