नवलपरासी।बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारण सभा समपन्न भएकाे छ।पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका-५ मा भएकाे साधारण सभामा स्थानीय जनप्रतिनिधिकाे पनि उपस्थिती रहेकाे थियाे।
कार्यक्रम्मा सहकारीका सञ्चालक समितीका अध्यक्ष विरेन्द्र प्रसाद यादव,उपाध्यक्ष सीतमणी केवट,सचिव प्रदिप कुमार गुप्ता,काेषाध्यक्ष रूक्मिणी देवी अहिर,सदस्य राेहिणी देवी कहाँर,सुनमती खाँ,कविता देवी राजभर,कुस्मावती यादव,उमा कुमारी चाैधरी,जन्मेजय यादव,माेतिलाल यादव,लेखा समिती शैलेश कुमार चाैधरी,ओम बहादुर यादव,विनिता काेइरी,महिला उप-समिती संयाेजक पानमती यादव,सीमा कुमारी हरिजन,रूना देवी सहानी,लगायत उपस्थिती रहेकाे थियाे।
साधारण सभामा शैलेश कुमार चाैधरीले २०८१ असार सम्माकाे संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेका थिए।प्रतिवेदन अनुसार सहकरीमा हाल सम्म १८५आय आर्जन समिति समुह अन्तर्गत १८६२ महिला ८०१ पुरूष संस्थागत सदस्य ४ जना जम्मा २६६७ जना सेयर सदस्य रहेका छन।यस्तै सहकारीले ११ कराेड २४ लाख ७२ हजार ३ सय रूपैयाकाे काराेबार गरेकाे छ।
सहकारीका निवर्तमान अध्यक्ष विरेन्द्र प्रसाद यादवले सहकारीलाई अझ बलियो बनाउ सबैको सहयोग आवश्यक पर्ने बताए।सरावल-५का पुर्व वडाध्यक्ष दिनेश सहानीले सहकारीबाट लिएकाे ऋणी व्यवसाय गरेर प्रगति गरेर समयमा सहकारीलाइ ऋणी चुक्ता गर्नु पर्ने बताए।
उनले भने लिएकाे ऋण माफ गर्नु पर्छ ऋणी समुहले सरकार संग माग गरेपनि ऋण माफ भएन ऋण माफ हुन्छ विश्वास पनि नगर्नु लिएकाे ऋण समयमा नतिर्दा पछि समस्या हुँदै जान्छ।
कार्यक्रम्मका प्रमुख अतिथि एवम् सरावल गाउँपालिकाका उपाध्यक्ष बासमती चमारले साधारण सभामा उपस्थित बृद्ध बृद्धा,उत्कृष्ट ऋणी,उत्कृष्ट बचत कर्ता,सक्षम ऋणि,सहकारी संस्थापक सदस्यहरूलाई उत्तर उत्तर प्रगतिकाे कामना दिदै व्यपार व्यवसाय गर्ने र समयमा साँवा व्याज दिने उदेश्यले मात्र ऋण लिनु पर्छ।
सहकारी साधारण सभाको अवसरमा सहकारीका सक्षम ऋणि,सक्षम बचत कर्ता,सहकारी संस्थापक सदस्य,बृद्ध बृद्धा,उत्कृष्ट ऋणी,उत्कृष्ट बचत कर्तालाई सम्मान गरेका थिए।
त्यसै गरी सहकारीका अध्यक्ष यादवले विभिन्न योजनाहरु ल्याएर घर घर सम्म पुगेर काम गरेको बताए।उनले दैनिक बचत,३ महिने,६ महिने,१ वर्षे वा साे भन्दा माथी,नियमित मासिक बचत(त्रैमासिक ब्याज)ऐच्छिक बचत(त्रैमासिक ब्याज)बाल बचत,संचयकाेष बचत,(त्रैमासिक ब्याज)धन सिर्जना बचत(त्रैमासिक ब्याज) खुत्रुके बचत(त्रैमासिक ब्याज)आवधिक बचत(अर्धवार्षिक ब्याज)लगाएतका खाता सञ्चालन गरेको बताए।
साधारण सभा कार्यक्रमकाे सञ्चालन सुरेश यादवले गरेका थिए।