नवलपरासी।जनगणना २०७८ अनुसार(बर्दघाट सुस्ता पश्चिम)नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकाकाे कुल जनसंख्या ३८ हजार १ सय ८६रहेकाे छ।
पाल्हीनन्दन गाउँपालिकामा भएकाे तथ्याङकीय साक्षरता तथा क्षमता अभिबृद्धि कार्यक्रम्मा जनप्रतिनिधि तथ्याङक समन्वय कार्यालय रूपन्देहीका तथ्याङक अधिकृत नन्दलाल कुर्मी लगायत उपस्थिती रहेकाे थियाे।
सबै भन्दा बढी जनसंख्या पाल्हीनन्दन-३ मा रहेको छ।यस्तै वडा नं एकमा ३,७४६, जना मध्ये १,८२८ महिला छन र १,९१८ पुरूष, दुइमा ६,९२४ जना मध्ये ३,३९७ पुरूष र ३,५२७ महिला छन,तीनमा ७,५९८ जना मध्ये ३,७०४ पुरूष ३८९४ महिला छन , चारमा ६२९४ मध्ये ३,१८६ पुरूष र ३,१०८ महिला छन र पाँचमा ६,९७६ जना मध्ये पुरूष ३,४७४ महिला ३५०२ छन,छ मा ६,६४८ मध्ये पुरूष ३,३३७ र महिला ३,३११ जनसंख्या रहेकाे जनगणना २०७८ अनुसार तथ्याङक समन्वय कार्यालय रूपन्हीका तथ्याङक अधिकृत मनाेहर हरिजनले जानकारी दिए।
यस्तै सबै भन्दा बढी साक्षरता वडा नम्बर तीनमा ७४.९० प्रतिशत रहेको ०७८ काे जनगणनामा उल्लेख छ।सबै भन्दा कम दुइ नम्बर वडा ६९.८३ प्रतिशत,७२.२६ प्रतिशत वडा नम्बर छ दाेस्राे,७२.०० प्रतिशत वडा नम्बर एक तेस्राे,७१.४ प्रतिशत वडा नम्बर चार चाैथाे,७०.९८ प्रतिशत वडा नम्बर पाँच पाँचाैं स्थानमा छ।,
हिन्दु २९,५८३, इस्लाम ८,२५१, क्रिस्चियन २,४८,किरात ८८,बाैद्ध १६ जना रहेकाे जनगणनाले देखाएकाे छ।भाेजपुरी भाषा बाेल्ने ३७,६०६,नेपाली भाषा ३४९,अवधि बाेल्ने ६१,थारू भाषा बाेल्ने ५१,मैथली बाेल्ने ३१,उर्दु बाेल्ने ३०,मगरधुत बाेल्ने १३,माझी भाषा बाेल्ने ११,अन्य ३३ छन।
मुस्लमान ७७०६,चमार ५१८५,तेली ३४०८,यादव २६५२,केवट २५६६,कहाँर २०५१,थारू १९५५,कुर्मी १७३९,धाेबी ८८०,ब्राम्हण तराइ ८६३,मल्लाह ७१९,लाेहर ६८९,पासी ६८८,हजाम(ठाकुर) ५८४,कथाबनिया ५१४ बनिया ५१४ छन।
जन्म दर्ता नभएकाे १४,८५ ६४.७ प्रतिशत छन।शारीरिक अपाङगता,न्युन दृष्टियुक्त,दृष्टिबिहिन,बहिराेपन,मनाेसमाजिक अपाङगता,न्युन श्रवण शक्ति,बहिराेपन एवम् दृष्टिबिहिन,मानसिक वा मनाेसमाजिक,बाैद्धिक अपाङगता,अनुवंशीय रक्तश्राव,अटिजम,बहुअपाङगता समेत ४२.१ प्रतिशत रहेकाे जनाएकाे छ।४,८५८ घरपरिवार शुद्ध धाराकाे खाने पानी खान नपाएर हयाण्ड पम्पकाे पानी खाएकाे गणनामा उल्लेख छ।
०७८ काे गणनाअनुसार ६,९२१ घरपरिवारले बिजुली प्रयाेग गरेका छन।३,७४५ घरपरिवारले एलपी ग्यास प्रयाेग गरेका छन ३,८८०घर परिवारले शाैचालय प्रयाेग गरेका छन।