नवलपरासी।लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु)ले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा दाजु भाइमा शुभकामना व्यक्त गरेका छन्।
उनले, “आज प्रतापपुर गाउँपालिका-३ स्थित गिभ गाेसपेल नामक चर्चमा पुगेर शुभकामना व्यक्त गर्दै भनेका छन्, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।”
मन्त्री कलवारले हाम्रो मुलुकमा क्रिसमस जस्ता पर्वहरूले विविधता बीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि उल्लेख गरेका छन्।उनले, “क्रिसमस डे’को अवसरमा इसाई धर्मावलम्बीको जीवन सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले शुभकामना व्यक्त गर्दै, “गाउँपालिकाकाे हिउदे अधिवेशनमा गिभ गाेसपेल चर्च निर्माणका लागि रू पाँच लाख बजेट विनियाेगन गर्न भनेका छन्।
संघिय सँसद राष्टिय सभा सदस्य रामलखन हरिजन,समाज सेवी पञ्चम हरिजन लगायतले”क्रिसमस डे’को अवसरमा इसाई धर्मावलम्बीको जीवन सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले सांस्कृतिक कार्यक्रम गरेर ‘क्रिसमस डे’मनाएका थिए।
आज भन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलमा भएको गिभ गाेसपेल चर्चका पाष्टर रविन्द्र हरिजनले बताए।,
“पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्म भएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनु भएको उनले जानकारी दिए।उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका उनले बताए।”
“क्रिसमस डे’को अवसरमा डेढ सय जना गरीब,असहायलाइ बलाङकेट,वृद्ध,वृद्धालाइ दाे सल्ला र बिधवालाइ साडी ओढाएर सम्मान गरिएकाे थियाे।”