पश्चिम नवलपरासीका ६१ समुदायिक वन मध्ये ३१ वटा समुदायिक वनले राेजगार दिइएको छ ।
चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा,अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइ लगायत काम गर्नका लागि एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए ।
कामको प्रकृतिअनुसार एक जना कामदारलाई रु ६५० देखि एक हजार सम्म ज्याला दिइएको जानकारी दिँदै उनले जिल्लाका एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ।