नवलपरासी-पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ७२औ विश्व कुष्ठ रोग दिवस आयोजना गरी मनाइएको छ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे अध्यक्षतामा विश्व कुष्ठ राेग दिवस एक हाै,क्रियाशील बनाैं,कुष्ठ राेग निवारण गराैं”भन्ने मुलनाराका साथ आज विश्व कुष्ठ राेग दिवस मनाइएकाे हाे।
पाल्हीनन्दन गाउँपालिकाकाे आयोजनामा र कष्ठ राेग क्षेत्रमा काम गर्ने द लेप्राेसी मिसन नेपालकाे सहयाेग तथा स्वास्थ कार्यालय परासीकाे सहकार्यमा यो दिवस मनाइएको छ ।
कार्यक्रममा नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएता पनि नयाँ बिरामीको सङ्ख्या बढ्दै गएको र नेपालका मधेस र लुम्बिनि प्रदेशमा कुष्ठ राेग बढि प्रकोप रहेको बताए ।
हेर्नुहोस् तस्वीरहरू:-
:






