नवलपरासी।बर्दघाट सुस्ता पश्चिम नवलपरासीका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सम्बन्धी विशेष तालिम समपन्र भएकाे छ।जिल्लाको रामग्राम नगरपालिका,सरावल र सुस्ता गाउपालिकाका स्वास्थ्यकर्मीलाई डेङ्गी,हैजा,मलेरीया लगायत विभिन्न राेग समबन्धी तालिम सञ्चालन गरेको हो।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले जिल्लाका तिन पालिकाका २४ जना स्वास्थ्यकर्मीलाई प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा हुने स्वास्थ्य समस्या सम्बन्धि दुई दिइने तालिममा सहभागी गराइएकाे थियाे।
तालिममा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपका कारण स्वास्थ्यमा पर्ने असरबारे स्वास्थ्यकर्मीहरुलाई प्राविधिक ज्ञान प्रदान गरिएको थियो।स्वास्थ्यकर्मीहरूकाे लागि महत्वपुर्ण तालिम रहेको सरावल गाउपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी अशोक पाण्डेले बताए।
तालिममा कुन काम कति बेला र कति महत्वका साथ गर्नु पर्ने दुई दिनको अभिमुखीकरण तालिममा महशुस गरेका छौं।
क्यानेडियन रेडक्रसको सहयोगमा जिल्ला भित्र नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाले विगत बर्ष देखी नै सुस्ता गाउपालिकामा वायु प्रदुषण न्युनिकरण समबन्धि जनचेतना फैलाउँदै आएको छ।
रेडक्रसकाे सहकार्यमा सुस्तामा अहिले जलवायु प्रतिरोधात्मक स्वास्थ्य प्रणाली सुदृढिकरण परियोजनाले काम गरिरहेको छ । त्यसैको निरन्तरता दिदै अहिले सरावल गाउपालिका र रामग्राम नगरपालिकालाई पनि दिएको हो । वायु प्रदुषणमा उद्योग कलकारखाना मात्रै नभई सर्वसाधारण किसानलाई पनि कुरा बुझाउन नसक्दा अज्ञानताले पनि प्रदुषण बढने गरेको छ ।
उद्योग कलकारखानाको धुवाँ धुलोको प्रदुषणका साथै सर्वसाधारण किसानले पनि पराल,उखुको पात पत्तिगँरलाई जलाउने कार्यले बायु प्रदुषित हुदै गएको सर्वसाधारणमा जानकारी हुन आवश्यक देखिएको उनले जानकारी गराएका थिए।स्थानीयतह, लुम्बिनी प्रदेश सरकार र संघिय सरकार समेतले उद्योगबाट निसकने प्रदुषणलाइ नियन्त्रणमा गर्न औल्याइएको थियो।
स्थानिय सरकारले जनता संग प्रत्यक्ष जाेडिएकाेले स्वास्थ्य तथा वायु प्रदुषण मध्यनजर गर्दै अगाडी बढनु नेपाल रेडक्रस नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरीले बताए। स्थानीयतहकाे स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मी हुन्छन तर नेपाल सरकारकाे मापदण्ड अनुसार औषधी हुदैन अग्रहरीले भने।
तालिममा मन्तव्य दिदै रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले सरकारले मात्र चाहेर महामारी राेकथाम तथा नियन्त्रण हुँदैन नागरिकहरू पनि सचेत हुनु पर्छ,खानपान तथा व्यवहारमा सुधार गर्न आवश्यक छ।
Exif_JPEG_420
Exif_JPEG_420