नवलपरासी ।लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले चिकित्सक अध्यन गर्नको लागि लुम्विनी प्रदेश सरकारले पचास लाख रुपैया छात्रवृति दिएको बताउनु भयो ।
(बर्दघाट सुस्ता पश्चिम) नवलपरासी स्वास्थ्य कार्यालयले आ.व.२०८१∕८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जूमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री सारुले भने सुशासनलाई केन्द्रिविन्दुमा राखेर स्वास्थ्यकर्मी तथा कर्मचारीले आल टाल नगरी कार्यालयमा आउने सेवाग्राहीको इमान्दारी पुर्वक औषधी उपचार गर्ने बताउनु भयो ।
उनका अनुसार सरकारी अस्पतालमा कार्यरत रहेका चिकित्सकले अनुमती नलिई अन्य अस्पतालमा काम गर्न नपाईने इमान्दारी पुर्वक सेवा प्रवाह नगर्ने चिकित्सक तथा कर्मचारीलाइ कानुन बमोजिम कारवाही गर्ने उनले भने ।
शिक्षा र स्वास्थ्य नै हाम्रो लागि मुख्य रहेको भन्दै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत रहेको कर्मचारीले समयमा कार्यालय पुग्ने र समय मै घर फर्किने भन्दै सेवाग्राही संग कुनै लोभ लालचमा नपरी कार्यालयमा आएका सेवाग्राहीको इमान्दारी पुर्वक काम गर्ने स्वास्थ्य मन्त्री सारुले बताए ।