नवलपरासी।नेपाल सरकारले प्रत्येक वर्ष २२ करोड रुपैया खोप सेवामा खर्च गरिरहेको छ ।
स्वास्थ्य कार्यालय नवलपरासीका खोप सुपरभाईजर अधिकृत भेषराज शर्माले नियमित खोप सुदृढीकरणका लागि (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीका निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरु संग जिल्ला स्तरीय पैरवी बैठक कार्यक्रममा नेपाल सरकारले प्रदान गरेका १४ रोग विरुद्धका खोपले मानिसकाे आयु बढाउन ठुलो भुमिका खेलेछ।”
नेपाल सरकारले प्रदान गरेका खोपले मानिसको आयु बढेको हाे।,सुरूमा जंग बहादुर राणाले नेपालमा खाेप ल्याएर आफनाे आफनतहरुलाइ लगाएपछि नेपाल सरकारले आम जनतालाइ पनि खोप लगाउन सुरु गर्याे।उनले भने, “विश्वमा खोप सुरु भएको दुइ सय २७ वर्ष भयो।”
खोप लगाएपछि निमुनिया,हेपाटाइटिस,जापानिज इन्सेफालाइटिस,एफआइपिभि,दादुरा–रुबेला लगायतका रोगहरु अहिले नियन्त्रण्मा रहेको उनले भने।, “बालबालिकाहरुको शारीरिक अवस्था तथा उमेर अनुसार खोप लगाइन्छ, “खोप लगाएपछि समान्य ज्वरो आउन सक्छ त्यसबाट आतिनु पर्दैन अभिभावकहरुलाइ सल्लाह पनि दिने गर्छौं।”
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाहीले पुर्ण खोप सुनिश्चतता दिगोपना घोषणा गर्ने विषयमा निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरु संग छलफल गरेका थिए।”
बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याले खोप मानिसको लागि अति आवश्यक छ।”
सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले स्वास्थ्य संग विभिन्न कार्यक्रम तथा प्रत्येक वर्ष पुर्ण खोप सुनिश्चितत गर्दै आएका छौं।”