परासी।बर्दघाट सुस्ता पश्चिम नवलपरासीकाे पाल्ही बहुमुखी कयाम्पसमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेका छन।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजनामा भएको उक्त कार्यक्रममा महिला सहित स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको हो।,
जितपुरस्थित नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा, पाल्ही क्याम्पस, रामग्राम जेसीज, रामग्राम महिला जेसीज,दैनिक ट्वान्टीफोर खबर डटकम र एभरग्रीन अस्पताल परासीको सहआयोजनामा केशव भट्टराइ,संदिप जैसवाल,कल्पना ज्ञवाली,शेखर गाैतम,निरज ज्ञवाली,ज्याेती चमार,भानमती यादव,सिता कुवर,निरज धवल,बृजनन्दन कुर्मी,राजेश गुप्ता लगायतले रक्तदान गरेका थिए।,
“कार्यक्रम सम्बाेधन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले सबै भन्दा ठूलो दान भनेकाे रगत दान हाे, “रगत जाे कसैलाइ जुनसुकै बेला आवश्यकता पर्न सक्छ र रक्तदान गर्ने व्यक्ति स्वस्थ पनि रहन्छ उनले जानकारी दिए।,
रक्तदान गर्न सक्ने इच्छुक व्यक्तिले तीन तीन महिनामा रक्तदान गर्न पाउँछ अध्यक्ष अग्रहरीले भने जिल्लामा रगतको अभावले कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित स्थापित स्वयंसेवी रक्तदाता समाजको अभियानलाई सबैले साथ र सहयोग गर्न जोड दिए।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले पछिल्लो समय रगत अभाव बढ्दै गएको तर रक्तदान गर्नु पर्छ भन्ने जनचेतनाकाे अभावले रक्तदान गर्न हिच्कीच्याउने गरिएको बताउँदै रक्तदान गर्दा कमजोरी हुने वा विरामी भइन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे।
जिल्लामा रगत आपूर्तिलाई सहज बनाउन रेडक्रसको सहयोगी संस्थाको रुपमा रक्तदाता समाजले रगत व्यवस्थापनमा भूमिका खेल्ने अध्यक्ष पौडेलले बताए।
रक्तदाता समाजले विशेषगरी जिल्लाका ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धि सचेतना फैलाउने कार्यक्रम आयोजना गरी रक्तदान गर्न प्रेरित गर्दै अगाडी बढीरहेको उनले बताए।
कार्यक्रममा पाल्ही बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम पाठक, क्याम्पस प्रमुख दीपक अर्याल,नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसी,नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री,रक्तदाता समाजका सल्लाहकार राजेश कुमार गुप्त, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्याल,रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव,स्वतन्त्र विद्यार्थी यूनियन पाल्ही क्याम्पसका सभापति नीरज धवल लगायत उपस्थित थिए रक्तदाता समाजकी जिल्ला सचिव पुष्पा लामाले बताइन।