कुम्भ तिर्थ यात्रामा संलग्न देवदह नगरपालिका-६ निवासी एवम् पुर्व जनप्रतिनिधि दमाेदर क्षेत्रीबाट प्राप्त जानकारी अनुसार भलुहीका ४५ वर्षीय गणेश खनाल,३५ वर्षिय दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्माकाे दुर्घटनामा निधन भएकाे देवदह नगरपािलकाले विज्ञ्पती जारी गरेकाे छ ।
साेही ठाउँकी ४५ वर्षिय काेपीला पाेख्रेल,१६ वर्षिय शुलभ पाेख्रेल,३० वर्षिय डा. अविष्कार पराजुली,र ३५ वर्षिय यमकला देवि मगर घाइते हुन भएकाे देवदह नगरपालिकाकाे विज्ञ्पतीमा उल्लेख छ।महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा घइतेहरूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली गर्दै शाेक सन्तप्त परिवारजनमा देवदह नगरपालिकाले हार्दिक सम्वेदना गरेकाे छ।