परासी ६फागुन।पश्चिम नवलपरासीको सुस्ता शिक्षक संघले सुस्ता गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
सुस्ता गाउँपालिका समिती शिक्षक महासंघका अध्यक्ष संतोस यादवले देशमा गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध कर्मचारीको पेसागत मागमुद्या सम्बोधन गराउन सुस्ता शिक्षक संघले निरन्तर कृयाशिल छ।
विगतका सहमती सम्बोधन गराउनको लागि विद्यार्थी,शिक्षक,कर्मचारी मैत्री विद्यालय ऐन जारी गराउन अन्दोलन गर्नु पर्ने देखिन्छ ।माघ १६,१७ गते बसेको राष्टिय समितीको बैठकको निर्णय अनुसार पहिलो चरणको अन्दोलन कार्यक्रम थालनी गरेका छौं अगामी चरणमा अवरोधात्मक,अवज्ञा(वहिष्कार)र काठमाण्डौ केन्द्रित सडकमा अन्दोलन कार्यक्रम अघि बढाइने सुस्ता शिक्षक संघका अध्यक्ष संतोस यादवले बताउनु भयाे।
विद्यालय शिक्षा ऐन जारी नभए सम्म शिक्षक संघले गर्ने अन्दोलन रोकिने छैन नेपाली विद्यार्थी,शिक्षक र कर्मचारीको न्यायिक मागहरु पुरा हुने गरी शिक्षा ऐन जारी गराउने उदेश्यले अघि बढेको यो अन्दोलनलाई सहयोग र समर्थन गर्ने विद्यार्थी,अभिभावक,जनप्रतिनिधिहरुमा हार्दिक अपिल गर्दछौं ।उनले भने ७७ वटै जिल्लाका सात सय ५३ स्थानीयतहका शिक्षक संघले आ-आफनाे स्थानीयतहमा ध्यानकर्षण तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे छ।
ज्ञापन बुझादै गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शिक्षक समस्य बारेआफुले पहल गर्ने बताएका छन।