परासी ६फागुन।यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले १२ हजार ९ सय ७१ वटा सवारी चालक अनुमती पत्र स्मार्ट कार्ड लाइसेन्स छापेको छ।
छापेकाे स्मार्ट कार्डआज देखि वितरण सुरु गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनु भयो।जसमा नयाँ ५ हजार ३ सय ५७ ,र नविकरण ७ हजार २ सय ६१,वर्ग थप ३ सय ५० र प्रतिलिपि ३ गरी कुल १२ हजार ९ सय ७१ सवारी चालक अनुमती पत्र रहेकाे छ।
जिल्लामा कार्यालय स्थापना भएपछि सवारी चालक अनुमती नविकरण संगै सवारी कर जम्मा जिल्ला बाहिर जानु पर्ने समस्या अन्त्य भएको छ।