स्वतन्त्र विद्यार्थी युनियनका सभापति आदित्य पालको अध्यक्षतामा बिएड– बि.बि यस. विद्यार्थीहरुको आयोजनामा बिएड–बि.बि.यस.प्रथम वर्ष भर्ना हुन अाउने विद्यार्थीहरुलाई स्वागत तथा पुरानो विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न भएकाे हाे।
क्याम्पस प्रमुख श्री मनोज धर द्विवेदीले विद्यार्थीहरुको मिहिनेत र लगनशीलताले बेलाटारी क्याम्पस जिल्लाकै नमुना क्याम्पसको रूपमा स्थापित भएको भन्दै यस क्याम्पस अाउने नवआगन्तुक विद्यार्थीहरु पनि सो बाटोमा लागेर क्याम्पसको गरिमा कायम राख्छन विश्वास व्यक्त गरे ।
त्रिभुवन क्याम्पसका प्रध्यापक रामशरण पाण्डेले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरुको श्रृजनशील कार्यलाई प्रोत्साहन गर्नेे भएकोले यस कार्यक्रमलाई निरन्तर आयोजना गर्ने आग्रह समेत गरेका थिए ।
कार्यक्रममा प्रथम वर्ष नयाँ आगन्तुक विद्यार्थीहरुलाइ घडी, कलम र दोसल्ला ओढाई स्वागत गरे संगै चौथो वर्ष पुरा गरेका विद्यार्थीलाई घडी र मायाको चिनो प्रदान गरी विदाई गरेका छन।
कार्यक्रममा खुरसेद हजाम ,रिजाऊ दिन मिया र रामकृपाल गुप्ताले स्वागत गरे । कार्यक्रममा सभाध्यक्ष स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन क्याम्पस सभापति तथा यस सभाका अध्यक्ष अादित्य गँडेरी पालले युनियन त्रिभुवन क्याम्पस सभापति आदित्य गँडेरी पाल आफूले चुनावमा गरेको प्रतिबद्धता क्रमश पूरा गर्दै जाने र हाम्रो पहिलो प्रतिबद्धता शुद्ध खानेपानीको व्यवस्था थियो जुन हामीले पुरा गरेका छन यस्तै विद्यार्थी साथीभाइहरूको साथ सहयोग रहँदा हामीले गरेको हरेक प्रतिबद्धता काँधमा काँध मिलाई पूरा गर्ने वाचा गरेका छाैं ।
कार्यक्रम सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनिल सहानी र देवेन्द्र कुर्मीले गरेका थिए ।