परासी २३ बैशाख ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ स्थित ललितपुरमा तीन विघा जग्गामा मधेश साँस्कृतिक पार्क निर्माण गरिएको छ ।
सरावल गाउँपालिकाले १२ लाख लागतमा सडक र बिजुली बत्ती सहितको मधेश साँस्कृतिक पार्क निर्माण गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।
पार्कलाई व्यवस्थित बनाउनको लागि अगामी वर्ष १५ लाख रुपिया विनियोजन गरेर ट्रस,बाउनड्री र पिकनिक हल निर्माण गर्ने योजनामा छौं अध्यक्ष चौधरीले भने।
पछिल्लो समय स्थानीयहरुको पहलमा र सरावल गाउँपालिकाको सहयोगमा मधेश साँस्कृतिक पार्कमा आयोजित मधेश महोत्सव कार्यक्रममा मधेशीहरुको परम्परागत नाच फरुवाही,हुरकहिया,कुस्ती(दंगल),राष्टिय,अन्तरराष्टिय कलाकारहरुलाई पनि बोलाईएको थियो ।
मधेश तथा मधेशी समुदायको साँस्कृतिलाई जगेर्ना गर्नका लागि नेपाली(गण्डक) नहर देखि दुई किलोमिटर दक्षिण ललितपुर गाउँको पुर्व झरना खोलाको देउमा मधेशी साँस्कृतिक पार्क बनाइएको सरावल गाउँपालिका–४ का वडाध्यक्ष सुरेश यादवले बताए ।
उनका अनुसार यो पार्कलाई अझ व्यवस्थित बनाउने योजनामा लागेका छौं । केही स्थानमा सिमेन्टका कुर्सीहरु पनि राखिएका छन । पार्कको प्रचार प्रसार नभएर आन्तरिक तथा बाह्य पर्यटक नआएपछि सुनसान छ ।