भारतको महराजगञ्ज जिल्ला सिसवा निवासी मवलाना सोफी अमिरुल्ला बाबाले गुद्धार बाबा मजार शिलान्यास गर्नु भएको हो ।
१५ लाख रुपैया बराबरको गुद्धार बाबाको मजार निर्माण गर्ने शर्तमा सोफी अमिरुल्लाले शिलान्यास गर्नु भएको मदारबाबा मजार संरक्षण संस्थाका पुर्व अध्यक्ष एवम् वर्तमान सदस्य जमालुद्धिन अन्सारीले बताउनु भयो ।
उनका अनुसार जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थितीमा मजार शिलान्यास भएको हो । देश विदेशबाट प्रत्येक वर्ष लाखौंको संख्यामा मदारबाबा मजार मेलामा भक्तजनहरु आउँछन ।
हिन्दु धर्म सम्प्रदायको पशुपतिनाथ, गडिमाई मेला, जनकपुरको रामजानकीको मन्दीरहरुमा लाग्ने मेला, बुद्ध धर्मावलम्बीहरुको लुम्बिनी, रामग्राम स्तुपा जस्तै मुस्लीम समुदायहरुको मदारबाबा मेला पनि प्रख्यात रहेको अवश्थामा यसको उचित प्रचार प्रसार, ब्यवस्थित गर्न नसक्नुका कारण मदारबाबा ओजmेलमा परेको छ ।
प्रत्येक वर्ष फागुन महिनाको १७ गते देखि दश दिन सम्म लाग्ने मदारबाबा बजारमा पर्यटन मन्त्रालय, स्थानिय प्रशासन समेत यस क्षेत्रमा ध्यान नपुर्याउदा मदारबाबा ओजmेलमा छ ।
ईस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिन सम्म तप गरेर शिद्धि प्राप्त गरेकोे मदारबाबाको मजार मेलामा प्रत्येक वर्ष चादर चडाउनका लागि नेपाल र भारतबाट लाखौं श्रद्धालुहरु आउँछन ।
मुस्लिम र हिन्दु धर्मावलम्बिहरुको साझा तीर्थ स्थलको रुपमा रहेको मजारमा पुगी हिन्दु मुस्लिम दुबै समुुदायका मानिसहरुले बाबाको मजारमा चादर चडाउने, प्रार्थना गर्ने,आफनो आवश्यकता अनुसार भक्कल गर्ने, भक्कल पुरा भएकाले विभिन्न बस्तुहरु चडाउने लगाएतका काम गर्ने गरेको देखेर पुर्वाधारहरुको ब्यवास्था नरहेकोले मजार निर्माणको लागि आफुले सहयोग गर्ने र शिलान्यास गर्ने शर्त पश्चात आफुले शिलान्यास गरेको मवलाना अमिरुल्लाले बताउनु भयो ।
गुद्धार बाबा मजार निर्माणमा लाग्ने खर्च आफुले दिने र शिलान्यास पनि आफुले नै गर्ने शर्तमा मवलाना सोफी अमिरुल्लालाई मजार शिलान्यास गर्न दिएको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का वडासदस्य विष्नु चौलागाईले बताउनु भयो