परासी २१ जेठ । पश्चिम नवलपरासीमा पनि आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ ।
नेपालमा दलित समुदाय माथि हजारौँ वर्ष पहिला देखि नै हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य गर्ने अठोट सहित २०६३ साल जेठ २१ गते आजका दिन ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
उक्त दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा संयुक्त दलित अधिकार संग सम्बन्धित जिल्ल्ला संयोजक विरबहादुर विश्वकर्माको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ता अधिवक्ता मनोज कुमार नागवंशीले जातिय भेदभाव छुवाछुत मुक्त घोष्णाका आजको दिन देशभरी मुमबत्ती बालेर दिवस मनाउने सरकारले घोष्णा गरेपनि कुनै संघ संस्था सरकारी कार्यालयले यो दिवस मनाएको छैन ।
अन्तरक्रिया कार्यक्रममा नवलपरासी चमार युवामञ्च जिल्ला अध्यक्ष संजय चमारले सरकारले जातीय विभेद र छुवाछूत अन्त्यको घोषणा गरेपनि समाजमा दलित समुदाय माथि अझै पनि विभेद र बहिष्करण भोग्दै आएका छन्।सरकारले जातीय विभेद र छुवाछूत उन्मुलन दिवस घोषणा गरेपनि दलित समुदाय माथि शासक वर्ग अहिले सासन गरिरहेका छन विर बहादुर विश्वकर्माले भन्नु भयो ।